Aug 5, 2015 क्यानाडाली प्रधानमन्त्री स्टेफन हार्परले संसद विघटनाको आदेश

क्यानडामा संसद भंग
ओटावा- क्यानाडाली प्रधानमन्त्री स्टेफन हार्परले संसद विघटनाको आदेश दिएका छन्। उनले आगमी निर्वाचनको अभियान पनि सुरु गरेको घोषणा गरेका छन्। क्यानडामा आगामी अक्टोबर १९ मा निर्वाचन हुँदैछ। यो आम निर्वाचन क्यानडाको इतिहासमा ४२औं आम निर्वाचन हो।
प्रधानमन्त्री हार्परले यहाँका गभर्नर जनरल डेभिड जोन्सटोनलाई संसद भंग गर्ने आदेश दिएका हुन्। उनले आइतबार गभर्नरलाई भेटी यस्तो आदेश दिएको बताइएको छ। क्यानडामा पछिल्ला केही दिनमा निर्वाचन अभियान कहिलेबाट सुरु होला भन्ने व्यापक अनुमानलाई चिर्दै उनले सोमबारबाटै यो अभियान सुरु गर्ने गरी उनले आदेश दिएका हुन्।उनले यस अघिदेखि नै सुरक्षा र आर्थिक विकासलाई आफ्नो प्रमुख एजेन्डाका रुपमा अघिसार्दै आएका छन्। यसै एजेन्डाबाट उनी अघि बढ्ने अनुमान गरिएको छ। उनले निर्वाचन अभियान कानुनबमोजिम नै सञ्चालन हुनुपर्ने जनाएका छन्। उनले यस्तो निर्वाचन अभियानमा अभियानको खर्च दलहरुले आफ्नै व्यवस्थापनमा गर्ने पनि जनाए।

विपक्षी नेताले पनि अभियान थालेका छन्। उनीहरुले प्रधानमन्त्रीलाई भने कमजोर आर्थिक व्यवस्थापन भन्दै आलोचना गरेका छन्। निर्वाचन अभियानहरुलाई मितव्ययी, अनुशासित र नियमकानुन बमोजिम सञ्चालन गर्न पनि उनले सबैसँग आग्रह गरेका छन्।

Leave a Comment

Sports

नेपाललाई विमलाको कांस्य

इन्चोन, Oct 06 - असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी विजयको उत्सवमा मुलुक डुबिरहेका बेला इन्चोन एसियाडमा भने नेपालको प्रदर्शन More »

पाकिस्तानले आत्मघाति गोल गरेपछिसाफ च्याम्पियनसिपको दोस्रो दिनको खेलमा भारत विजयी

पाकिस्तानले आत्मघाति गोल गरेपछिसाफ च्याम्पियनसिपको दोस्रो दिनको खेलमा भारत विजयी काठमाडौं- पाकिस्तानले आत्मघाति गोल गरेपछि काठमाडौंमा जारी साफ च्याम्पियनसिपको दोस्रो दिनको खेलमा भारत विजयी भएको छ। आइतबार दशरथ रंगशालामा भएको More »