04/27/2015 भुकम्पमा परी मर्नेको संख्या ४२६२ पुग्यो

भुकम्पमा परी मर्नेको संख्या ४२६२ पुग्यो   नेपालको भूकम्प प्रभावित क्षेत्रमा व्यापक सहयोगcoloradonepal-logo

काठमाडौं, वैशाख १४

शनिबारदेखि आइरहेको भुकम्पमा परी ज्यान गुमाउनेको संख्या ४२६४ पुगेको गृहमन्त्रालयले जनाएको छ। राजधानीसहित विभिन्न ११ जिल्लामा प्रत्यक्ष प्रभाव पार्ने गरी गएको भुकम्पमा मर्नेको संख्या अझै बढ्ने मन्त्रालयले भनेको छ।

२०७२-०१-१४, १९:०० बजेसम्म भुकम्पबाट मृतकको संख्या (३९०४ ), घाइते ( ७१८०) :
उपत्यका : मृतक: १३२७, घाइते: ४३३८
काठमाण्डौ – ९३०
ललितपुर – १५७
भक्तपुर -२४०
पूर्व क्षेत्र : मृतक ५१, घाइते: २०७
भोजपुर -२
सुनसरी- ७
सोलु – २२
ओखलढुङगा – १६
ताप्लेजुङ – १
मोरङ-२
सप्तरी -१
मध्य क्षेत्र : मृतक २२९३, घाइते: २२९३
रामेछाप – २६
सिन्धुपाल्चोक – १०३२
धनुषा- १
मकवानपुर -३५
रसुवा – १५१
दोलखा -५०
काभ्रे -२२७
चितवन -५
नुवाकोट ‍- ४४८
धादिङ – २९९
सिन्धुली – ९
बारा – ५
पर्सा – ३
सर्लाही -१
रौतहट – १
पश्चिम क्षेत्र: मृतक -२३१, घाइते: ३२२
गोरखा -२२३
कास्की -२
नवलपरासी – १
तनहु -१
लमजुङ – ४
मध्य पश्चिम क्षेत्र :मृतक-२, घाइते-२०
रोल्पा -१
रुकुम – १

नेपालको भूकम्प प्रभावित क्षेत्रमा व्यापक सहयोग

संयुक्त राष्ट्र सङ्घको खाद्य संस्थाले सोमबार भूकम्प प्रभावित नेपालमा ठूलो स्तरमा क्रियाकलाप सञ्चालन गर्ने र उसको पहिलो विमान मङ्गलबार नेपाल पुग्ने जानकारी दिएको छ।

संयुक्त राष्ट्र सङ्घको विश्व खाद्य कार्यक्रमका प्रवक्ता एलिजावेथ वायर्सले यो ठूलो तथा व्यापक क्रियाकलाप हुने बताए।

संयुक्त राष्ट्र सङ्घले यस क्षेत्रका लागि आपत्कालीन सहयोगको आग्रह गर्ने तयारी गरिरहेको छ ।

नेपालको आवश्यकता मूल्याङ्कन गर्न विश्व खाद्य कार्यक्रमका विशेषज्ञ आइतबार काठमाडौँ आइपुगेका हुन् । यस संस्थाले आवास तथा चिकित्सा उपकरण पहिलो प्राथमिकता हुनुपर्ने बताए ।

विश्व स्वास्थ्य सङ्घठनले सोमबार यस मुलुकमा स्वास्थ्य सेवा आवश्यक पर्ने ४० हजारभन्दा बढी व्यक्तिलाई सहयोग गरिसकेको जानकारी दिएको छ ।

बायर्सले यस क्षेत्रमा खाद्य पनि छिटै अभाव हुने अनुमान गरिएको जानकारी दिए। उनले यस क्षेत्रामा भएका सबै खाद्य भण्डार परिचालन गरिएको जानकारी दिए।

विश्व खाद्य कार्यक्रमले दुबइमा पकाउन नपर्ने खाद्यान्न रासनयुक्त विमानको तयारी गरिरहेको र उक्त विमान मङ्गलबार नेपाल आइपुग्ने जानकारी दिएको छ ।

यो खाद्य नेपालमा भूकम्पप्रभावितलाई वितरण गरिने बताइएको छ । यसलाई ट्रकको माध्यमबाट वितरण गरिने बताइएको छ ।

विश्व खाद्य कार्यक्रमका विशेषज्ञहरूले यस प्रकोपबाट कति व्यक्ति प्रभावित भए भनी स्याटलाइट तस्वीर विश्लेषण गरिरहेको बायर्सले बताए।

उनले सबैभन्दा प्रभावित क्षेत्र कृषि क्षेत्र भएको र त्यहाँ २० देखि ३० लाख जनता बसोबास गरिरहेको जानकारी दिए।

विश्व खाद्य कार्यक्रमले नेपालमा सन् १९६४ देखि काम गरिरहेको छ र यस संस्थाले नेपालमा खाद्यान्न अभाव भोगेका करिब पाँच लाख व्यक्तिलाई सहयोग गर्ने योजना बनाइरहेको छ।

संयुक्त राष्ट्र सङ्घको बालबालिकाका लागि संस्थाले आइतबार यस भुकम्पले १० लाख बालबालिकालाई तत्कालै सहयोग आवश्यक पर्ने अवस्थामा पु¥याएको जानकारी दिएको छ ।

युनिसेफले राजधानी काठमाडौँमा हजारौँ व्यक्ति खुला शिविरमा रहेको र उनीहरूमा रोग लाग्नसक्ने जोखिम भएको जानकारी दिएको छ ।

 

युनिसेफले दुई मालबाहक विमानमा चिकित्सा तथा अस्पतालका आपूर्ति, पाल तथा ओड्ने गरी १२० टन मानवीय आपूर्तिका साथमा आफ्नो कर्मचारी लिएर त्यसतर्फ परिचालन गरिरहेको जानकारी दिएको छ । रासस/एएफपी

Leave a Comment

Sports

नेपाललाई विमलाको कांस्य

इन्चोन, Oct 06 - असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी विजयको उत्सवमा मुलुक डुबिरहेका बेला इन्चोन एसियाडमा भने नेपालको प्रदर्शन More »

पाकिस्तानले आत्मघाति गोल गरेपछिसाफ च्याम्पियनसिपको दोस्रो दिनको खेलमा भारत विजयी

पाकिस्तानले आत्मघाति गोल गरेपछिसाफ च्याम्पियनसिपको दोस्रो दिनको खेलमा भारत विजयी काठमाडौं- पाकिस्तानले आत्मघाति गोल गरेपछि काठमाडौंमा जारी साफ च्याम्पियनसिपको दोस्रो दिनको खेलमा भारत विजयी भएको छ। आइतबार दशरथ रंगशालामा भएको More »