मुम्बई इन्डियन्सका स्टार खेलाडी सचिन तेन्दुलकरले आइपिएल क्रिकेट नखेल्ने घोषणा

May 29, मुम्बई इन्डियन्सका स्टार खेलाडी सचिन तेन्दुलकरले आइपिएल क्रिकेट नखेल्ने घोषणा गर्नुभएको छ । मुम्बईले उपाधि जितेसंगै उहाँले आफ्नो आइपिएल क्रिकेटको अन्तिम खेल भएको प्रतिक्रिया दिनुभयो ।

जेठ १३, काठमाडौं । खेल सकिएलगतै उहाँले आईपीएल ७ मा मुम्बईका खेलाडीका रुपमा मैदानमा नउत्रने घोषणा गर्नुभएको हो । उहाँले भन्नुभयो–यो मेरो अन्तिम आईपिएल हो । मलाई लाग्छ, आईपीएलबाट विदा लिन यो सही समय हो । ’

हातमा चोट लागेका कारण सचिनले चेन्नई सुपर किङग्स विरुद्धको फाइनलसहितका ३ खेल खेल्नुभएन । उहाँले १४ खेलमा २२.०७ को औसतमा २ सय ८७ रन बनाउनु भयो, । उहाँले कुल ७८ खेलमा २ हजार ३ सय ३४ रन बनाउनु भएको छ । जसमा एक शतक र १३ अर्धशतक छ । २००८ मा आईपिएल सुरु भएयता सचिन मुम्बई इण्डियन्सबाट खेल्दै आउनु भएको थियो । गत डिसेम्बरमा एक दिवसीय क्रिकेटबाट पनि उहाँले सन्यास लिनुभएको थियो ।

Leave a Comment

Sports

नेपाललाई विमलाको कांस्य

इन्चोन, Oct 06 - असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी विजयको उत्सवमा मुलुक डुबिरहेका बेला इन्चोन एसियाडमा भने नेपालको प्रदर्शन More »

पाकिस्तानले आत्मघाति गोल गरेपछिसाफ च्याम्पियनसिपको दोस्रो दिनको खेलमा भारत विजयी

पाकिस्तानले आत्मघाति गोल गरेपछिसाफ च्याम्पियनसिपको दोस्रो दिनको खेलमा भारत विजयी काठमाडौं- पाकिस्तानले आत्मघाति गोल गरेपछि काठमाडौंमा जारी साफ च्याम्पियनसिपको दोस्रो दिनको खेलमा भारत विजयी भएको छ। आइतबार दशरथ रंगशालामा भएको More »