बोरुसिया यो वर्षको च्याम्पियन्स लिग विजेता

sports लण्डन – बोरुसिया डर्टमुन्टलाई २-१ ले स्तब्ध पार्दै बार्यन म्युनिख यो वर्षको च्याम्पियन्स लिग विजेता बनेको छ। लण्डनको वेम्बली रंगशालामा भएको सनसनीपूर्ण खेलमा बुन्डेसलिगाको हस्ती बार्यनले युरोपको पुरानो प्रतिष्ठित कप उचालेको हो। पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएपछि दोस्रो हाफमा दुवै टोली आक्रमक बनेका बनेका थिए।

६० औं मिनेटमा बार्यनका मारियो मेन्जुकिकले गोल गर्दै आफ्ना समर्थकहरुलाई उत्साही पारे। तर डर्टमुन्टले त्यो खुशीलाई ७ मिनेट पनि पूरा हुन दिएन। ६७ मिनेटमा पाएको पेनाल्टी सदुयोग गर्दै डर्टमुन्टका गुण्डोग्यानले खेललाई बराबरीमा ल्याए।

पछिल्लो चार वर्षमा तेस्रो पटक च्याम्पियन्स लिगको फाइनल खेलेको बार्यनलाई विजय दिलाउन चेल्सीका पूर्व खेलाडी अर्जेन रोबिनले खेल सकिन १ मिनेट जाँदा निर्णायक गोल गरे।

Leave a Comment

Sports

नेपाललाई विमलाको कांस्य

इन्चोन, Oct 06 - असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी विजयको उत्सवमा मुलुक डुबिरहेका बेला इन्चोन एसियाडमा भने नेपालको प्रदर्शन More »

पाकिस्तानले आत्मघाति गोल गरेपछिसाफ च्याम्पियनसिपको दोस्रो दिनको खेलमा भारत विजयी

पाकिस्तानले आत्मघाति गोल गरेपछिसाफ च्याम्पियनसिपको दोस्रो दिनको खेलमा भारत विजयी काठमाडौं- पाकिस्तानले आत्मघाति गोल गरेपछि काठमाडौंमा जारी साफ च्याम्पियनसिपको दोस्रो दिनको खेलमा भारत विजयी भएको छ। आइतबार दशरथ रंगशालामा भएको More »