नेपाली साहित्य समाज क्यालगरी र नेपाली कम्यूनिटी सोसाइटी अफ क्यालगरीको संयुक्त आयोजनामा

आदरणीय नेपाली समुदायमा हार्दिक अभिबादन

नेपाली साहित्य समाज क्यालगरी र नेपाली कम्यूनिटी सोसाइटी अफ  क्यालगरीको संयुक्त आयोजनामा गत शनीबार २४ गते आयोजित विद्याकी प्रतिक सरस्वती देवीको पूजाकार्यक्रम उत्साहजनकरुपमा सहभागिताका लागि सबैमा हार्दिक आभार र धन्यबाद |

 

नेपाली संस्कृति तथा साहित्यप्रेमी-कतिपय हाम्रो समुदायका सुन्दर  मनहरू व्यस्तता बस उक्त कार्यक्रममा सामेल हुन नपाएको कुरा हामी सबैले बुझेकै कुरो हो  | सरस्वती बन्दना,भजन,अर्चना लगायत बिबिध सामाग्रीका साथ प्रस्तुत भएको उक्त कार्यक्रमका अतिरिक्त अर्को महत्वपूर्ण उद्घोष बच्चाहरूका लागि  “ नेपाली स्कूल” खोल्ने एन सी यस सीको प्रतिबध्दता हो  |

पत्रकार बालमुकुन्द नेपालले तयार पार्नु भएको उक्त कार्यक्रमका केही दृश्य-चित्र-भिडियो संलग्न लिंकमा क्लिक गरी हेरौं | भिडियो तयारी र प्रेषणका लागि नेपाली साहित्य समाज क्यलागरीका website का प्रधान सम्पादक/पत्रकार बालमुकुन्द नेपालमा हार्दिक धन्यबाद  |

सविनय,

राजेन्द्र प्रसाद प्रसाई

सभापती –नेपाली साहित्य समाज क्यालगरी

Leave a Comment

Sports

नेपाललाई विमलाको कांस्य

इन्चोन, Oct 06 - असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी विजयको उत्सवमा मुलुक डुबिरहेका बेला इन्चोन एसियाडमा भने नेपालको प्रदर्शन More »

पाकिस्तानले आत्मघाति गोल गरेपछिसाफ च्याम्पियनसिपको दोस्रो दिनको खेलमा भारत विजयी

पाकिस्तानले आत्मघाति गोल गरेपछिसाफ च्याम्पियनसिपको दोस्रो दिनको खेलमा भारत विजयी काठमाडौं- पाकिस्तानले आत्मघाति गोल गरेपछि काठमाडौंमा जारी साफ च्याम्पियनसिपको दोस्रो दिनको खेलमा भारत विजयी भएको छ। आइतबार दशरथ रंगशालामा भएको More »