तिम्रो सहर -Acharya, Prabha

तिम्रो सहर,

बडो उदेक लाग्दो रहेछ

जहाँ म पाइेला,पाइेलामा

तिम्रो छाँया छाम्न खोज्छु
त्यँहा त्यँहा सडकका
बारहरुले छेकी दिन्छन्
हो….,
यत्रो ठुलो सहरमा
तिमी हराउन सक्छौ
यत्तिका भिंड्मा तिमी
अल्मलिन सक्छौ
यो सत्य हो
तर….अफ्सोच!
म भने तिम्रो
उपस्थितीको चाहनामा
तड्पिइे रहेछु ।
तिम्रो सहर,
बडो अनौठो रहेछ
जहाँ म पल-पलमा
तिम्रो आवाजको
सानिध्यता पाउन खोज्छु
त्यही पल अचम्मको
कोलाहलले सारा सन्नाटा
बिथोलिइे दिन्छ
हो…..,
यत्तिका कोलाहलमय बातावरणमा
तिम्रो आवाज मधुर बन्न सक्छ
यो पक्का हो,
तर….अफ्सोच!
म भने तिम्रो
आवाजको माधुर्यतामा
दिवास्वप्न देखिरहेछु
अनि…..यसरी छरपस्ट
आफ्ना भावनाहरु तिम्रै निम्ती
कविता बनाइे लेखी रहेछु
बस् लेखिरहेछु ………/

रचना-मे/ २३/ १३

Leave a Comment

Sports

नेपाललाई विमलाको कांस्य

इन्चोन, Oct 06 - असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी विजयको उत्सवमा मुलुक डुबिरहेका बेला इन्चोन एसियाडमा भने नेपालको प्रदर्शन More »

पाकिस्तानले आत्मघाति गोल गरेपछिसाफ च्याम्पियनसिपको दोस्रो दिनको खेलमा भारत विजयी

पाकिस्तानले आत्मघाति गोल गरेपछिसाफ च्याम्पियनसिपको दोस्रो दिनको खेलमा भारत विजयी काठमाडौं- पाकिस्तानले आत्मघाति गोल गरेपछि काठमाडौंमा जारी साफ च्याम्पियनसिपको दोस्रो दिनको खेलमा भारत विजयी भएको छ। आइतबार दशरथ रंगशालामा भएको More »