कोलोराडोमा चलचित्र गुडलकको प्रिमियर शो भब्यताका साथ सम्पन्न

16नातिबाबु  भट्ट जुन २३,२०१३ कोलोराडो, अमेरीका नेपाली कथानक चलचित्र गुडलकको प्रिमियर शो आईतबार का्लोराडोमा भब्यताका साथ सम्पन्न भयो । कोलोराडो निवासी नवराज श्रेष्ठद्धारा अभिनित चलचित्र गुडलकको प्रिमियर शो उनको गृह नगर वेष्टमिनिष्टरबाट शुरु गरिएको हो । नेपाली चलचित्रका कलाकारहरु मध्ये झण्डै पच्चिस प्रतिषद अमेरीकामा बस्ने भएतापनि अमेरीकी ईतिहासमा नेपाली कलाकारलाई रातो कार्पेटमा हिडाएर स्वागत गरिएको यो पहिलो कार्यक्रम हो । नेपालीहरुको साझा संस्था रकी माउण्टेन फ्रेन्ड्स अफ नेपाल र नेपाली घरद्धारा संयूक्तरुपमा आयोजित कार्यक्रममा झण्डै ४ सय नेपाली तथा अमेरीकी दर्शकहरुको उपस्थिती रहेको थियो । चलचित्र शुरुहुनु अघि कलाकार तथा नायक श्रेष्ठलाई उपस्थित दर्शक तथा सुभचिन्तकहरुले फुलका गुच्छाले स्वागत गर्दै बधाई दिएका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै नायक श्रेष्ठले जन्म भुमीमा निमार्ण भएको चलचित्रको  कर्म भुमीमा प्रिमियर शो हुंदा आफु ज्यादै खुसी भएको बताए । कार्यक्रमलाई सफलताका साथ सम्पन्न गर्न सहयोग गर्नुहुने सबैलाई धन्यबाद दिदै  उनले अमेरीका भर चलचित्र प्रर्दशन गराउंदा उठेको ३० प्रतिषद रकम कोलोराडोमा नेपालीहरुको सामुदायिक भवन बनाउन हस्तान्तरण गर्ने प्रतिबद्धता जनाए । कार्यक्रममा नेपालीघरका अध्यक्ष नारायण श्रेष्ठले सहभागी सबैलाई धन्यबाद दिदै आगामी दिनमा अब यस्ता कार्यक्रमहरु दुबै संस्था मिलेर आयोजना गरिने जनाए । त्यसैगरी रकी माउण्टेन फ्रेन्ड्स अफ नेपालका अध्यक्ष शरद आचार्यले नेपालीहरु अब फुटेर हैन जुटेर अगाडी बढ्नुपर्ने बेला आएको बताए । सोही कार्यक्रमलाई सम्बोधन गर्दै तमुधीका अध्यक्ष रमेश गुरुङले धर्म हराए संस्कृती हराउने संस्कृती हराए मान्छे हराउने उल्लेख गर्दै हाम्रो धर्म संस्कृती जोगाउन यस्ता कार्यक्रमले धेरै टेवा पु¥याउने ठोकुवा गरे । सामाजिक परिवेसमा घटनसक्ने सत्य तथ्य घटनालाई आधारमानी निमार्ण गरिएको चलचित्र गुडलकमा प्रेम कथालाई भिन्दै कोणबाट प्रश्तुत गर्न खोजिएको छ । मलिकको घरमा ड्राईभर बसेको पात्र बले (नायक नवराज) र मालीक की बहिनी श्री (नायीका सीर्जना बस्नेत ) दुबै एकै घरमा बस्दा  एकले आर्कालाई कसरी हरिरहेका हुन्छन् भन्ने मुख्य सन्देश फिल्ममा देखाउन खोजिएको छ । चलचित्रमा मसलाको रुपमा नेपालमा राजमार्गको छेउछाउमा पाईने खाना स्वास्थ्यकर नहुंदा त्यसल ेपार्ने असर , नेपाल बन्दगर्दा यात्रुले भोग्नु पर्ने कठिनाईलाई संगटीएको छ । नेपाली चलचित्रको ईतिहास कोट्याउने हो भने पहिलो नेपाली चलचित्र सत्य हरिश्चद्र हो जुन छिमेकी राष्ट्र भारतमा २००७ सालमा निर्माण गरिएको थियो । त्यस्तै दोश्रो चलचित्र आमा २०२२ सालमा नेपालमा बनाईएको हो । त्यसैगरी पहिलो रंगीन चलचित्र कुमारी हो । चलचित्र निर्माण संगै अंग प्रदर्शनको होडबाजी चलेको बर्तमान परिबेशमा यस चलचित्रमा त्यस्ता खाले दृश्य भने देखिदैनन् । त्यसोत चलचित्रका नायक नवराजको पहिलो फिल्ममात्र नभएर नायिका सीर्जना बस्नेतको निर्देशन पनि पहिलो नै हो । दुख, सुख, मायां, प्रेम सबै संगटिएको चलचित्रमा रबिन्द्र खड्का, कल्याण घिमीरे, चेतन कार्की, मुश्कान ढकाल लगायतका ब्यक्तिहरुको सकृय भुमिका रहेको छ ।

 

 

Leave a Comment

Sports

नेपाललाई विमलाको कांस्य

इन्चोन, Oct 06 - असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी विजयको उत्सवमा मुलुक डुबिरहेका बेला इन्चोन एसियाडमा भने नेपालको प्रदर्शन More »

पाकिस्तानले आत्मघाति गोल गरेपछिसाफ च्याम्पियनसिपको दोस्रो दिनको खेलमा भारत विजयी

पाकिस्तानले आत्मघाति गोल गरेपछिसाफ च्याम्पियनसिपको दोस्रो दिनको खेलमा भारत विजयी काठमाडौं- पाकिस्तानले आत्मघाति गोल गरेपछि काठमाडौंमा जारी साफ च्याम्पियनसिपको दोस्रो दिनको खेलमा भारत विजयी भएको छ। आइतबार दशरथ रंगशालामा भएको More »