इशानीले नेपाललाई दिलाईन मिस वर्ल्डको पहिलो उपाधि

इशानीले नेपाललाई दिलाईन मिस वर्ल्डको पहिलो उपाधि (भिडियो सहित)

 

ishani-1काठमाण्डौ, मिस वर्ल्ड प्रतियोगितामा सहभागिता जनाउने क्रममा इन्डोनेसिया रहेकी मिस नेपाल इशानी श्रेष्ठले ‘ब्युटी विथ द प्रपोज च्यालेन्ज’ को उपाधि जित्न सफल भएकी छिन् । सेप्टेम्बर २९ तारिख अर्थात असोज १३ गते इन्डोनेसियाको बालीमा सम्पन्न हुने मिस वर्ल्डको ६३ औं संस्करणका क्रममा इशानी लगायत अन्य देशका सुन्दरिहरु त्यहा रहेका छन् । मिस वर्ल्डको अन्तिम प्रतिस्पर्धाको पूर्वसन्ध्यामा अर्थात शुक्रबार इसानीले सो उपाधी जितिकी हुन् ।

विश्व सुन्दरी प्रतियोगितामा सहभागि सुन्दरीहरुले गरेको सामाजिक कामको आधारमा सो उपाधि दिने चलन छ । इशानीले जुम्लामा मुख तथा दाँतको स्वास्थ्य शिविर गर्नका लागि सञ्चालन गरेको प्रोजेक्टको कारण र उनको उक्त सामाजिक कार्यको मुल्यांकन गर्दै ‘ब्युटी विथ द प्रपोज च्यालेन्ज’को उपाधी इशानीले जितेको मिस वर्ल्डले जनाएको छ । उक्त उपाधि जितेपछि विश्व सुन्दरी प्रतियोगितामा आयोजकले इशानीले सञ्चालन गरिरहेको प्रोजेक्टका लागि १० हजार अमेरिकी डलर सहयोग गर्ने घोषणा समेत गरेको मिस वर्ल्डको आधिकारिक वेब साइट मिस वर्ल्ड डटकमले जनाएको छ । मिस नेपाल इशानीले ७० प्रतिस्पर्धीलाई उछिन्दै यो उपाधि जितेकी हुन् ।

मल्टी मिडिया तर्फ तेस्रो स्थानमा आएकी इशानीले अवार्ड जितेपछि इशानीले फेसबुक पेजमा नेपालका लागि विश्व सुन्दरी प्रतियोगिताबाट एउटा अवार्ड ल्याउन सफल भएको भन्दै खुसी व्यक्त गरेकी छिन् । आइतबार उनी अन्तिम चरणमा प्रस्तुति दिनका लागि ११ प्रतिस्पर्धीसँगै छनौट भएकी छिन् ।

 

Leave a Comment

Sports

नेपाललाई विमलाको कांस्य

इन्चोन, Oct 06 - असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी विजयको उत्सवमा मुलुक डुबिरहेका बेला इन्चोन एसियाडमा भने नेपालको प्रदर्शन More »

पाकिस्तानले आत्मघाति गोल गरेपछिसाफ च्याम्पियनसिपको दोस्रो दिनको खेलमा भारत विजयी

पाकिस्तानले आत्मघाति गोल गरेपछिसाफ च्याम्पियनसिपको दोस्रो दिनको खेलमा भारत विजयी काठमाडौं- पाकिस्तानले आत्मघाति गोल गरेपछि काठमाडौंमा जारी साफ च्याम्पियनसिपको दोस्रो दिनको खेलमा भारत विजयी भएको छ। आइतबार दशरथ रंगशालामा भएको More »